बिहीबार, ६ वैशाख २०८१

सानो भर्यांगमा महालक्ष्मी विकास बैंकको नयाँ शाखा

समयपोष्ट २०७६ मंसिर २३ गते २०:१४

Advertisement

महालक्ष्मी विकास बैंक लि. काठमाडौँ महानगरपालिका वडा नं.१६, स्थित सानो भर्यांग शाखा कार्यालयको समुद्घाटन गरेको छ । शाखाको काठमाडौँ महानगरपालिकाका प्रवक्ता तथा वडा नं १५ का वडा अध्यक्ष ईश्वरमान डंगोल र बैंकका सञ्चालक समितिका सदस्य रुपेन्द्र पौडेलले संयुक्त रुपमा समुद्घाटन गरे ।

बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता गरे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैँकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैँकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता गरे ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या करिब पाँच लाख रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री