आज दुई मन्त्रीको मात्रै शपथ
समयपोष्ट
२०८२ कार्तिक ९ गते १४:३१

नयाँ मन्त्रीका लागि सिफारिस भएका दुई जनाको मात्रै आज शपथ हुने भएको छ । आइतबार बब्लु गुप्ता र सुधा शर्मा गौतमको मात्र सपथ हुने बताइएको छ ।
नयाँ मन्त्रीका लागि सिफारिस भएका खगेन्द्र सुनार र गणपतिलाल श्रेष्ठको शपथ आज नहुने भएको हो ।
सुनारलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा र श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिनेगरी राष्ट्रपतिसमक्ष सिफारिस गरिएको थियो ।
सुनारको नाममा चौतर्फी विवाद भएको थियो । विवादपछि प्रधानमन्त्री सुशीला कार्कीले थप छलफल गरेकी थिइन् । छलफलपछि सुनारसहित श्रेष्ठको पनि शपथ रोकिएको हो ।



























प्रतिक्रिया