विवादमा मुछिएपछि प्रधानमन्त्रीको सचिवालयले भन्यो-मन्त्री बन्ने सूचीमै थिएनन् सुनार

प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले खगेन्द्र सुनारको नाम मन्त्रीको सूचीमा समावेश नै नभएको दाबी गरेको छ। सुनार फौजदारी मुद्दामा प्रतिवादी भएको तथ्य सार्वजनिक भएलगत्तै प्रधानमन्त्री कार्यालयले उनको नाम मन्त्रीको सूचीमा समावेश नभएको दाबी गरेको हो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठका अनुसार सुनार मन्त्रीको सूचीमै थिएनन्।
यसअघि, दैलेखको नारायण नगरपालिका–२ घर भएका सुनार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको शपथ लिने तयारी भइरहेको समाचारहरू आएका थिए। तर, शपथ ग्रहणको पूर्वसन्ध्यामा उनी फौजदारी मुद्दामा प्रतिवादी रहेको खुलासा भएपछि उनको नियुक्ति विवादमा तानिएको थियो।
सुर्खेत जिल्ला अदालतको अभिलेखअनुसार, सुनारविरुद्ध २०८१ असार १४ मा स्वास्थ्य संस्था तोडफोड तथा स्वास्थ्यकर्मीमाथि हातपात गरेको कसुरमा मुद्दा दर्ता भएको थियो। यो मुद्दा गुर्भाकोट नगरपालिका–८ स्थित मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा दायर भएको हो। अदालतले सुनारविरुद्ध ७ दिने पक्राउ पुर्जी जारी गरेको थियो र पक्राउ नभएमा ‘३५ दिने पुर्जी तामेल गरेर उपस्थित गराउन’ जिल्ला प्रहरी कार्यालय दैलेखलाई पत्राचार गरेको थियो।
त्यसपछि २०८१ मङ्सिर २१ मा अदालतले पुनः सुनारलाई पक्राउ गरेर उपस्थित गराउन पत्राचार गरेको थियो।

























प्रतिक्रिया