जेनजी आन्दोलन छानबिन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछि भएको आगजनीको विषयमा छानबिन गर्न गठित जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की, सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ।
अधिवक्ता विपिन ढकालले आइतबार आयोगका पदाधिकारीहरूलाई विपक्षी बनाएर रिट निवेदन दायर गरेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले रिट निवेदन अध्ययनको क्रममा रहेको जानकारी दिए।
रिट निवेदनमा आयोगका दुई पदाधिकारी पूर्वाग्रही र विषयवस्तुमा तटस्थ नरहेको आरोप लगाइएको छ। साथै, सदस्य विश्वेश्वरप्रसाद भण्डारीले यस्ता मुद्दाहरूमाथि प्रश्न उठाउन नसकेको दाबी गरिएको छ।
सरकारले जेनजी आन्दोलनपछि भएको जनधनको क्षतिबारे छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।
आयोगमा नेपाल प्रहरीका पूर्वएआईजी विज्ञानराज शर्मा र संयुक्त राष्ट्रसङ्घीय नियोगहरूमा काम गरेका अधिवक्ता विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेका छन्।




























प्रतिक्रिया