शुक्रबार, १६ चैत २०८०

कामना सेवा विकास बैंकको १०४औं शाखा ललितपुरको सानागाउँमा

समयपोष्ट २०७६ मंसिर १६ गते १९:४२

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं ५ स्थित सानागाउँमा १०४औ शाखा सञ्चालनमा ल्याएको छ ।

शाखाको महालक्ष्मी नगरपालिका वडा नं ५ का अध्यक्ष राज कुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे । अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुसी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिनु हुदै आफूले सक्दो सहयोग गर्ने बताए ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री