बिहीबार, ३ जेठ २०८१

एनएमबी बैंकले पायो २०१८ को ‘बैंक अफ द इयर अवार्ड’

समयपोष्ट २०७५ मंसिर १४ गते ११:१२

सन् २०१८ को ‘बैंक अफ द इयर अवार्ड’ दोस्रो पटक पनि एनएमबी बैंकले जितेको छ।

Advertisement

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनद्वारा प्रकाशित द बैंकर म्यागजिनको निर्णायक मण्डलले एनएमबीलाई उत्कृष्ठ नेपाली बैंक घोषणा गर्दै सो अवार्ड दिएको हो ।

बैंक सञ्चालक समिति अध्यक्ष पवनकुमार गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले लण्डनमा आयोजित समारोहमा अवार्ड थापे । बैंकले २०१७ मा पनि यो अवार्ड जितेको थियो।

पत्रिकाले यो बर्ष करिव १४० देशका उत्कृष्ठ बैंकलाई अवार्ड दिएको जनाएको छ।’बैंकले वासलात र वित्तीय अवस्था सुधारेर मात्र पुग्दैन, अवार्ड छनौटबारे पत्रिकाको वेव साइटमा भनिएको छ- समग्र रणनीति, बहु च्यानल बैंकिङ र वित्तिय समावेशितामा समेत उत्कृष्ठता अपरिहार्य हुन्छ।’

एनएमबी बैंकले तीन बर्षअघि ४ संस्थालाई आफुमा गाभेर चुक्ता पूँजीमा एक सबल बैंकको रुपमा स्थापना भएको थियो। दुई बर्षअघि बैंकले नेदरल्याण्डको एफएमओ इन्टरप्रेनियरल डेभलपमेन्ट बैंकसँग सहकार्यको सम्झौता गर्यो।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री