मंगलबार, ६ साउन २०८२

एभरेष्ट बैंकले कति प्रस्ताव गर्याे लाभांश ?

समयपोष्ट २०७५ कार्तिक १६ गते ६:५३

एभरेष्ट बैंकले गत आर्थिक बर्षको नाफाबाट शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । बैंक सञ्चालक समितिको कार्तिक १५ गते बिहीबार सम्पन्न बैठकले २०७४/७५ को सञ्चित नाफाबाट चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसअनुसार बैंकले चुक्ता पूँजी आठ अर्ब दुई करोड ६८ लाख ६३ हजार रुपैयाँको प्रतिकित्ता २० रुपैयाँले हुन आउने एक अर्ब ६० करोड ५३ लाख ७२ हजार ७३३ रुपैयाँ ८० पैसा प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्विकृती पश्च्यात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीलाई वितरण गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री