आई.एम.ई. लाइफले क्रिकेटका खेलाडीहरूलाई २५ लाख बराबरको म्यादी जीवन बीमा प्रदान गर्ने


आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल टी–२० विश्वकपमा छनोट हुन सफल भएको अवसरमा सम्पूर्ण टी–२० नेपाली क्रिकेट टोलीलाई बिमाड्ढ रु. २५ लाख बराबरको आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमा प्रदान गर्ने भएको छ ।

कम्पनीले नेपाली राष्ट्रिय क्रिकेट खेलाडी टोलीको मनोबल बढाउन र सम्मान स्वरुप खेलाडीहरुलाई सो जीवन बीमा प्रदान गर्ने भएको हो।

Advertisement

आई.एम.ई. लाइफ इन्स्योरेन्सले ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ का टोलीमा भएका र नेपाली क्रिकेट जगतमा महत्वपूर्ण योगदान पु¥याएका सम्पूर्ण २० खेलाडीहरुलार्ई आई.एम.ई. सुरक्षा म्यादी जीवन बीमाद्वारा पुरस्कृत गर्ने घोषणा गरेको हो।

युएई विरुद्ध उत्कृष्ठ प्रदर्शन गरि फाइनलमा प्रवेश गरेका नेपाली क्रिकेट टोली आगामी खेलमा ओमानसँग खेल्ने छ ।

राष्ट्रिय क्रिकेट टोलीलाई टी–२० विश्वकपको यात्रामा समर्थन गर्न पाउँदा उत्साहित रहेको आई.एम.ई. लाइफ इन्स्योरेन्स कं. लिमिटेडले जनाएको छ । साथै, इन्स्योरेन्स कम्पनीले नेपाली क्रिकेट टोलीलाई ‘‘टी–२० विश्वकप फाइनल एशिया’’ को फाइनल खेलका लागि हार्दिक शुभकामना व्यक्त गर्दै आगामी दिनहरुमा समेत नेपाली खेलकुद जगतलाई समर्थन तथा प्रोहत्साहन गर्न विभिन्न कार्यक्रमहरु ल्याउने प्रतिवद्धता लिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री