नबिल बैंक “बेस्ट प्राक्टीसेज अवार्ड”बाट सम्मानित

नबिल बैंंक फ्रोस्ट  एण्ड सुलिभानद्वारा प्रदान गरिएको “बेस्ट प्राक्टीसेज अवार्ड  २०१६ को उत्कृष्ट वित्तिय संस्था”बाट सम्मानित भएको छ । पूर्व अर्थमन्त्री डा. राम शरण महतले नोभेम्बर ९ मा आयोजित एक कार्यक्रममा बैंकको तर्फबाट प्रमुख जोखिम अधिकृत अनिल कुमार खनाललाई उक्त पुरस्कार प्रदान गरे ।

अवर्ड ग्रहण गर्दै खनालले भने “ प्रतिष्ठित पुरस्कार प्राप्त गर्नु बैंकको लाीग गौरवको बिषय हो र यसबाट बैंकलाई सरोकारवालापक्षको बृहत्तर हितमा काम गर्न अझै प्रेरणा मिलेको छ  ।” 
उनले नबिल बैंक देशकै पहिलो निजीक्षेत्रको संयुक्त लगानीमा स्थापित बैंक भएकाले नेपालमा आधुनिक बैकिङ्क प्रणालीका निम्ति अग्रणी भुमिका खेली निरन्तर सेवा बृद्धि तथा ग्राहको माग अनुसार आफ्ना सेवाहरु गराउनु नै बैंक सफलताको सुत्र भएको बताए । 

Advertisement

नबिल बैंक २०१६मा नै “उत्कृष्ट वित्तिय संस्था” बाट सम्मानित भएको यो दोस्रो पटक हो । बैंंकले अगष्ट १९, २०१६मा “तेस्रो न्यूबिज बिजनेश कन्क्लेभ तथा अवार्ड २०१६” मा “सर्वोतकृष्ट वाणिज्य बैंक” सम्मान प्राप्त गरेको थियो । 
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री