बिहीबार, १९ माघ २०७९

नेशनल लाइफको अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

समयपोष्ट २०७९ मंसिर १४ गते १९:०७

Advertisement

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कर्णाली प्रदेशको सुर्खेतमा अभिकर्ता भेला तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको प्रमुख आथित्यतामा मंगलबार सम्पन्न भेलामा कम्पनीको सुर्खेत कार्यालयमा आबद्ध करिब १५० जना अभिकर्ताहरुको सहभागीता रहेको थियो ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले अभिकर्ता पेशालाई ब्यवसायिक बनाउदै वहाँहरुको जिवनस्तर मा सकारात्मक परिबर्तन गर्ने र कम्पनीको ब्यवसाय समेत प्रबर्द्धन गर्दै लैजाने नीति अनुरुप कम्पनले सो प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताए । प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा ऎन २०७९ का आधारभुत बिषयबस्तुको बारेमा प्रकाश पारेका थिए ।

कम्पनीका बजार ब्यस्थापन बिभाग प्रमुख बिबेक शर्माले सहभागी अभिकर्ताहरुलाइ प्रस्तुति कला सम्बन्धमा प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुर्खेत शाखाबाट उत्कृष्ट ब्यबसाय गर्ने अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो ।

Advertisement

सुर्खेत शाखा प्रमुख बल बहादुर सिजपतीको सभपतित्वमा सम्पन्न सो कार्यक्रममा एजेन्सी बिभाग प्रमुख सुशील प्रताप राणाले धन्यबाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री