सहकारी प्राधिकरणको अध्यक्षमा शर्मा नियुक्त
समयपोष्ट
२०८२ असार ३० गते २२:४२
राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा रहेको सिफारिस समितिले शर्मासहित तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो। जसमा शर्माको नाम पहिलो नम्बरमा थियो भने दोस्रोमा पूर्व सचिव अर्जुन पोखरेल र तेस्रोमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नारायण प्रसाद पौडेल थिए।
नवनियुक्त अध्यक्ष शर्माको कार्यकाल चार वर्षको हुनेछ। यसअघि प्राधिकरणमा अध्यक्ष नियुक्त नभएसम्म भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिवले कार्यवाहक अध्यक्षको भूमिका निर्वाह गर्दै आएका थिए।
शर्मा यसअघि राष्ट्रिय सहकारी बोर्डका सदस्य सचिव थिए।
प्रतिक्रिया