शनिबार, ८ वैशाख २०८१

दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न

समयपोष्ट २०७९ कार्तिक २७ गते १९:५३

Advertisement

काठमाडौंमा शनिबारबाट सुरु भएको दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन सम्पन्न भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा राजधानीको नयाँ बानेश्वस्थित होटल एभरेष्टमा दुई दिनसम्म सञ्चालन भएको प्रत्यारोपण सम्मेलनमा
नेपालसहित अमेरिका, बंगलादेश, जापान, भारत, स्लोभानियालगायत १५ मुलुकका विज्ञहरूको सहभागिता रहेको थियो ।

‘विकासोन्मुख मुलकहरूका लागि मृत्युपर्यन्त अंगदान र प्रत्यारोपण’ भन्ने नारासहित सुरु भएको कार्यक्रममा जिल्ला अस्पताल, नर्सिङ प्रमुखसहित तीन सय नेपाली विज्ञहरूसमेत सहभागि थिए ।

कार्यक्रममा विकासोन्मुख मुलुकमा रहेका अंगदानसम्बन्धी रहेका समस्या र त्यसको समाधान तथा मृत्युपश्चात् अंग दिन सकिने प्रावधानको व्यापक प्रयोग र विदेशी मुलुकमा जस्तै अंग प्रत्यारोपण कार्य सुचारु गर्ने विषयमा छलफल भयो ।

यससंगै प्रत्यारोपणबारे भइरहेका प्रगतिले अझै गति लिने विश्वास गरिएको छ । कार्यक्रममा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर पुकारचन्द्र श्रेष्ठले नेपालमा मानव अंग प्रत्यारोपणको दिगोपनका लागि भइरहेको प्रगतिबारे जानकारी प्रस्तुतीकरण गरेका थिए ।

डाक्टर श्रेष्ठले हालसम्मको प्रगति, चुनौती र देखिएका जटिलताबारे सम्मेलनमा जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री