बिहीबार, २७ वैशाख २०८१

टाटा मोटसको एक्सचेन्ज क्याम्प सुरु

समयपोष्ट २०७८ मंसिर ३ गते ९:५४

Advertisement

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले प्यासेन्जर भेहिकलका लागि टाटा मोटर्स एक्सचेन्ज क्याम्प कार्यक्रमको आयोजना सुरु गरेको छ ।

कम्पनीले मंसिर ०३ देखि ०७ गतेसम्म नेपालभर रहेका टाटा मोटर्सको सोरुमहरुमा एक्सचेन्ज क्याम्प सुरु गरेको हो ।

ग्राहकहरुले टाटा मोटर्सको सोरुममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अल्ट्रोज, एच फाईभ, नेक्सन, नेक्सन इभी, टियागो र टिगोर लगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ ।

साथै उक्त एक्सचेन्ज क्याम्प कार्यक्रममा जुनसुकै ब्राण्डका गाडीसंग टाटाका गाडी एक्सचेन्ज गर्दा आकर्षक मुल्याड्ढन प्राप्त गर्न सक्नुहुनेछ भने यस संगै आकर्षक एक्सचेन्ज बोनस पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यसका साथै फाईनान्सको सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमा आकर्षक गिफ्ट ह्याम्पर लगायतका विशेष आर्कषणहरु रहेका छन ।

Advertisement

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरुममा गई नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउनुहुन कंम्पनीले अनुरोध गरेको छ ।

विस्तृत जानकारीका लागि नजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सक्नुहुनेछ वा सिप्रदीको टोल फ्री नम्बर १६६००१५५७७७ र ९८०१५७५७७७ मा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री