बिहीबार, ६ वैशाख २०८१

दोहोरो अंकले बढ्यो नेप्से

समयपोष्ट २०७८ मंसिर १ गते १६:०८

Advertisement

आज नेप्से परिसुचक १६.९५ अंकले बढेर २८०१.५२ विन्दुमा पुगेको छ ।

बुधबार सेन्सेटिभ सूचक पनि ३.९८ विन्दुले बढेको छ।

यस दिन २२४ वटा कम्पनीको १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लाे दिनको तुलनामा कारोबार रकम निकै बढेको छ।

यस दिन कारोबारमा आएका १३ उपसमूहमा ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ६ उपसमूहको सूचक नकारात्मक देखिएको छ। जसमा अन्य उपसमूहको सूचक सबैभन्दा धेरै ५.२९ प्रतिशतले बढेको छ भने हाइड्रोपावर उपसमूहको सूचक पनि २.२४ प्रतिशतले बढेको छ।

यस दिन ६ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा पञ्चकन्या माई हाइड्रोपावर र अपर तामाकोशीको सबैभन्दा धेरै १० प्रतिशतले बढेका छन् भने मानुषी लघुवित्त र तेह्रथुम पावरको ९.९९ प्रतिशत, नेपाल बंगालादेश बैंकको ९.९८ प्रतिशत र मैलुङ खोला जलविद्युतको ९.५१ प्रतिशतले बढेका छन्।

यस्तै बोटलर्स नेपाल (तराई) को शेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेको छ भने महालक्ष्मी विकास बैंकको ७.४१ प्रतिशत, गुँरास लाइफ इन्स्योरेन्सको ४.१३ प्रतिशत र गुह्वेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको ३.३८ प्रतिशतले घटेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री