शुक्रबार, १४ वैशाख २०८१

जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन

समयपोष्ट २०७७ कार्तिक २८ गते २०:४८

Advertisement

जीवन बीमक संघ नेपालको नयाँ कार्यसमिति चयन भएको छ ।

संघको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले मेट लाईफ इन्स्योरेन्स कम्पनीका शाखा कार्यालय प्रमुख निर्मलकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । शाखा प्रमुख अध्यक्ष रहेको संघमा नेपालमा दर्ता भएका जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरु पदाधिकारी तथा सदस्य छन् ।

निवर्तमान उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा उपाध्यक्षमा सिटिजन लाईफ इन्स्योरेन्सका सिईओ पोषकराज पौडेल, महासचिवमा सन नेपाल लाइफ इस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल निर्वाचित भएका छन् भने संघको कोषाध्यक्षमा रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनीका प्रविन रमण पराजुली निर्वाचित भएका छन् । त्यस्तै, संघको सदस्यहरुमा ज्योति लाइफ इन्स्योरेन्सका सिईओ प्रकाश विक्रम खत्री, राष्ट्रिय बीमा संस्थानका प्रसासक कवि प्रसाद पाठक, युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण, गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई, आईएमइ लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल निर्वाचित भएका छन् ।

संघको साधारणसभामा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई, बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री