बिहीबार, १३ वैशाख २०८१

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु,१५ घाइते उद्धार कार्य जारी

समयपोष्ट २०७४ मंसिर १३ गते ४:४७

काठमाडौंबाट अर्घाखाँचीतर्फ गइरहेको लु २ख २९१ नम्बरको यात्रुवाहक बस चितवनको फिस्लिङमा दुर्घटना भएको छ । बिहान ९ः१५ बजे बस त्रिशूली नदीमा खस्दा ६ जनाको ज्यान गएको हो ।   मृतक कसैको पनि सनाखत हुन सकेको छैन ।

Advertisement

पूर्ण रुपमा त्रिशूलीमा डुबेको बसबाट १५ जना घाइतेको उद्धार गरिएको छ । बसमा कति यात्रु थिए भन्ने खुलेको छैन ।

दुर्घटनास्थलमा खटिएका नेपाल प्रहरीका डीएसपी शिव शर्मा आचार्यले ६ जनाको हालसम्म शव फेला परेको जानकारी दिए । उनका अनुसार, अहिले घाइतेको उद्धार कार्य भइरहेको छ । दुर्घटनालगत्तै अहिले सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय उद्धारमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री