अतिरिक्त सचिव संगीता मिश्रसहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
समयपोष्ट
२०८२ कार्तिक २ गते १६:०१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव तथा स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै मिश्रासहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले ठेक्का सम्झौता शर्त विपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गरेको हो ।
आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागत अनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको प्रमाणित भएको छ ।
प्रतिक्रिया