शनिबार, २९ वैशाख २०८१

माछापुच्छ्रे बैंकले महिला उद्यमीलार्इ विना धितो ऋण दिने

समयपोष्ट २०७४ कार्तिक २८ गते १०:५७

माछापुच्छ्रे बैंकले किसानलार्इ विना धितो ऋण दिन हेफर इन्टरनेशनलसँग सहकार्य गरेको छ ।

Advertisement

बैंकले युके एडद्धारा संचालित सक्षम एक्सेस टु फाइनान्स परियोजना अन्तर्गत दाङका कृषि तथा महिला उद्यमीलार्इ ऋण प्रदान गर्न हेफरसँग सम्झौंता गरेको हो।यो सम्झौंतापछि बैंकले हेफरसँग सहकार्यमा रहेका चार वटा विभिन्न सहकारीमार्फत कर्जा दिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विपन्न परिवारलार्इ स्वरोजगार बनाउने उदेश्यले संचालन हुने कार्यक्रमले महिलाको जीवनस्तर सुधार्न सहयोग पुग्ने बैंकको विश्वास छ ।

बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु , ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग  सेवा समेत गरी  जम्मा ७३ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ सुबिधा  प्रदान गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री