शुक्रबार, १४ वैशाख २०८१

देवः विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकको असोजसम्मको वित्तीय विवरण यस्तो आयो

समयपोष्ट २०७४ कार्तिक २६ गते ६:५९

देवः विकास बैंक र एक्सेल डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनीक गरिएको वित्तिय विवरण अनुसार देवः विकास बैंकले पहिलो तीन महिनामा तीन करोड २३ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले पाँच करोड छ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी १२ करोड छ लाख रुपैयाँ छ  जुन अघिल्लो वर्षको समान अवधिमा ११ करोड ७१ लाख रुपैयाँ थियो।

Advertisement

बैंकले ११ अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब १६ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी एक अर्ब ४४ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ५० करोड ८७ लाख रुपैयाँ जम्मा भएको छ।

त्यस्तै एक्सेल डेभलपमेन्ट बैंकले पहिलो तीन महिनामा तीन करोड १५ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्षको यसै अवधिमा बैंकले दुर्इ करोड ७७ लाख रुपैयाँ नाफा गरेको थियो। बैंकले पहिलो तीन महिनामा खुद ब्याज आम्दानी छ करोड ७१ लाख रुपैयाँ छ भने गत वर्ष छ करोड ८३ लाख रुपैयँ थियो।

बैंकले पहिलो तीन महिनामा चार अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ३८ करोड ४५ लाख रुपैयाँ छ भने जगेडा कोषमा ३७ करोड छ लाख रुपैयाँ जम्मा भएको छ।
 

प्रतिक्रिया

सम्बन्धित सामाग्री