शनिबार, ८ वैशाख २०८१

नेप्से ३.०४ अंकले घट्यो,४९ करोडको सेयर कारोबार

समयपोष्ट २०७४ कार्तिक २० गते ९:२७

सोमबार नेप्से परिसुचक ३.०४ अंकले घटेर १४९३.४२ विन्दुमा झरेको छ । यसदिन १ सय ६० कमपनीको ११ लाख कित्ता सेयर ४९ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । यसदिन सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको सेयर सबैभन्दा बढी किनबेच भएको छ । 
आज उपसुचकहरु मिश्रित देखिएका छन् । यसदिन बाणिज्य बैंक समुह २.१४,ब्यापार समुह २.२८,बिकास बैंक समुह ११.८९,बिमा समुह ५१.९३,लघुवित्त समुह ११.२२ अंकले घटेका छन् । 
त्यसैगरी होटल समुह ६.०७,जलविद्युत समुह २.३४,फाईनान्स ९.६३,उत्पादनमुलक समुह ८.६६ र अन्य समुह उपसुचक ०.८७ अंकले बढेका छन् । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री