बिहीबार, १३ वैशाख २०८१

नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकले नाफा बृद्धि गर्न सकेनन्

समयपोष्ट २०७४ कार्तिक २० गते ७:५०

नेपाल बङ्गलादेश बैंक र कुमारी बैंकको चालु आर्थिक बर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । नेपाल बङ्गलादेश बैंकको पहिलो तीन महिनामा नाफा ३१ प्रतिशतले र  कुमारी बैंकको नाफा १८ प्रतिशतले घटेको छ ।

Advertisement

नेपाल बङ्गलादेश बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्ष बैंकको नाफा २२ करोड ५० लाख रुपैयाँ थियो । बैंकको पहिलो तीन महिनामा खुद ब्याज आम्दानी २० करोड २४ लाख रुपैयाँ छ भने गत वर्ष यस्तो आम्दानी ३२ करोड ९२ लाख रुपैयाँ थियो।

बैंकले ४२ अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ७१ करोड रुपैयाँ ऋण लगानी गरेको छ। चुक्ता पूँजी ८ अर्ब ७ करोड रुपैयाँ छ। जगेडा कोषमा दुर्इ अर्ब ५० करोड रुपैयाँ जम्मा भएको छ। बैंकको पूँजी कोष अनुपात १४.६३ प्रतिशत रहेको छ भने खराब कर्जा ०.७३ प्रतिशत छ। प्रति शेयर आम्दानी २२ रुपैयाँबाट ८ रुपैयाँमा सिमित भएको छ।

यस्तै कुमारी  बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ११ करोड २० लाख रुपैयाँ खुद नाफा गरेको छ। अघिल्लो बर्ष बैंकको नाफा १३ करोड ७४ लाख रुपैयाँ थियो।  

बैंकको खुद ब्याज आम्दानी ३५ करोड ६७ लाख रुपैयाँ छ भने गत वर्षको यहि अवधिमा यस्तो आम्दानी २६ करोड २५ लाख रुपैयाँ थियो। बैंकको कर्मचारी खर्च तथा भाका नागेको ऋणको कारण नाफामा गिरावट आएको देखिन्छ। 

बैंकले ५४ अर्ब ६४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको चुक्ता पूँजी ५ अर्ब ९६ करोड रुपैयाँ छ भने जगेडा कोषमा दुर्इ अर्ब ७४ करोड जम्मा भएको छ । बैंकको पूँजी कोष अनुपात १५.२५ प्रतिशत छ भने खराब कर्जा २.५८ प्रतिशत रहेको छ। बैंकको प्रति शेयर आम्दानी ७ रुपैयाँ छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री