शुक्रबार, १६ चैत २०८०

मेगा बैंकको डेपुटी सिइओमा रविना

समयपोष्ट २०७६ कार्तिक २९ गते ११:२९

Advertisement

मेगा बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृतमा रविना देशराज श्रेष्ठ नियुक्त भएकी छिन् ।

बैंकको नायव महाप्रबन्धक श्रेष्ठलाई डेपुटी सिइओमा बढुवा गरिएको हो । श्रेष्ठ ग्रामीण बैंकिङमा विशेष दख्खल राख्छिन् ।

भारतको कलकत्तास्थित मदन टेरेसाज होम फर द ओल्ड एण्ड चिल्ड्रेनबाट करिअर सुरु गरेकी श्रेष्ठको अध्ययन कलकत्तामै भएको हो।

तत्कालिन ग्रिण्डलेज बैंक (अहिलेको स्ट्याण्डर्ड चार्टर्ड बैंक) मा १३ बर्ष काम गरेकी उनले ‘इन्ट्री लेभल’ बाट करियर सुरु गरेकी थिइन्।

पछि उनी चार्टर्ड छोडेर बैंक गइन् । त्यहाँ उनले ६ बर्ष सात महिना बिताएकी थिइन्। नबिलपछि खुल्न लागेको मेगा बैंक नेपालमा अनिल शाह (नबिल बैंकका सिइओ), अनुपमा खुँञ्जेली (मेगा बैंककी सिइओ) सँगै गएकी थिइन्।

बैंकिङ क्षेत्रमा रविनाले २९ बर्ष बिताइसकेकी छिन्। उनले मानार्थ डाक्टर उपाधि पनि पाएकी छिन्। उनले अन्तर्राष्ट्रिय संस्थाहरुबाट सम्मान तथा पुरस्कार पनि पाएकी छिन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री