शुक्रबार, १४ वैशाख २०८१

१९.९३ प्रतिशतले घट्यो इन्भेष्टमेन्ट बैंकको नाफा

समयपोष्ट २०७६ कार्तिक २९ गते १०:४३

Advertisement

गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा १९.९३ प्रतिशतले घटेको छ । बैंकले तीन महिनाको अवधिमा ८४ करोड ४४ लाख २१ हजार खुद मुनाफा आर्जन गरेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ५ करोड ४६ लाख ७० हजार खुद मुनाफा आर्जन गरेको थियो । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा भने ४२ करोड ३७ लाख ७६ हजार मात्रै रहेको छ ।

बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा निक्षेपमा १.२७ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ५१ अर्ब २८ करोड ९२ लाख ५९ हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब ४९ अर्ब ३९ करोड २२ लाख ८२ हजार निक्षेप संकलन गरेको थियो । बैंकले गत आर्थिक वर्षको तुलनामा कर्जा लगानी ५.८४ प्रतिशतले वृद्धि गर्दै १ खर्ब ३० अर्ब ३ करोड ५९ लाख ९० हजार पुर्याएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ खर्ब २२ अर्ब ८६ करोड ६५ लाख ५४ हजार कर्जा लगानी गरेको थियो ।

१२ अर्ब ८६ करोड ९७ लाख ४९ हजार चुक्ता पुँजी रहेको बैंकले जगेडा कोषमा १० अर्ब ४२ करोड ६६ लाख ३२ हजार राखेको छ । प्रथम त्रैमासमा बैंकले १ अर्ब ५२ करोड ७१ लाख ७५ हजार खुद ब्याज आम्दानी गरेको छ जुन गत आर्थिक वर्षको भन्दा ४.१७ प्रतिशतले बढी हो । बैंकले गत आर्थिक वर्षको प्रथम त्रैमासमा १ अर्ब ५९ करोड ३६ लाख ८७ हजार हजार खुद ब्याज आम्दानी गरेको थियो ।

अन्य बैंकसँग लगानीयोग्य रकमको अभाव बढ्दै गर्दा बैंकसँग तरलता रहेको देखिन्छ । बैंकको सिसिडि रेसियो ७५.६२ प्रतिशत मात्रै रहेको छ । यस अवधिमा वार्षिक प्रतिशेयर आम्दानी २६ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ २ सय ४ रुपैयाँ ४४ पैसा रहेको छ । यस्तै पुँजीकोष अनुपात १३.१७ प्रतिशत, खराब २.८४ प्रतिशत, आधार ब्याजदर ८.४८ प्रतिशत, कोषको लागत ६.३४ प्रतिशत र ब्याजदर अन्तर (स्प्रड रेट) ४.३६ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री