बिहीबार, २० वैशाख २०८१

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ३ अर्ब बढी खुद नाफा

समयपोष्ट २०८१ वैशाख ७ गते ९:२३

Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले शुक्रबार प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन, नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा भने ७.५२ प्रतिशत धेरै हो । गत आवको सोही अवधिमा बैंकले ३ अर्ब ४ करोड करोड ६१ लाख २३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

नाफासँगै बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४१.५३ प्रतिशत बढेर ११ अर्ब ३ करोड २५ लाख १७ हजार रुपैयाँ कायम भएको छ। ९ महिनामा बैंकको कुल संचालन आम्दानी पनि ३८.५७ प्रतिशत बढेर १३ अर्ब १ करोड १ लाख रुपैयाँ कायम भएको छ भने खुद संचालन आम्दानी पनि १४.६६ प्रतिशत बढेर ९ अर्ब ९६ करोड ३ लाख रुपैयाँ कायम भएको छ ।

तर, समिक्षा अवधिमा बैंकको संचालन नाफामा भने केही कमी देखिएको छ । बैंकको यस्तो नाफा ४.३१ प्रतिशत घटेर ५ अर्ब ४० करोड ७८ लाख रुपैयाँ कायम भएको छ । तर, बैंकको वितरणयोग्य नाफा भने ५ अर्ब ८ करोड १६ लाख रुपैयाँ ऋणात्मक देखिएको छ ।

बैंकको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ५७ पैसा छ । समिक्षा अवधिमा बैंकको खराब कर्जा पनि शून्य दशमलव ८३ प्रतिशत बिन्दुले घटेर १.१२ प्रतिशत कायम भएको छ।
हाल बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने २९ अर्ब ८४ करोड ७१ लाख रुपैयाँ राखेको छ । बैंकको निक्षेप संकलन १३.८२ प्रतिशत बढेर ४ खर्ब ३ अर्ब ३८ करोड ६० लाख रुपैयाँ पुगेको छ । सो अवधिमा कर्जा लगानी पनि ३.०९ प्रतिशत बढेर ३ खर्ब १२ अर्ब २४ करोड ५ लाख रुपैयाँ कायम भएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री