बिहीबार, २० वैशाख २०८१

वाणिज्य बैंकहरुको नाफा घट्यो, कुन बैंकको अवस्था कस्तो ?

समयपोष्ट २०८१ वैशाख ७ गते १०:०४

Advertisement

वाणिज्य बैंकहरुको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको  विवरण अनुसार  खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।

गत आर्थिक वर्षको चैत मसान्तसम्ममा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएका वाणिज्य बैंकहरुले, यस आर्थिक वर्षको सोही अवधिसम्ममा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ मात्र कमाउन सफल भएका छन्।

यस अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १३ बैंकहरुको नाफा घटेको छ भने ७ बैंकहरु भने नाफा बढाउन सफल भएका छन्।

नेपाल बैंकको नाफा सर्वाधिक घटेको छ । समीक्षा अवधिमा सो बैंकको नाफा ९२.६८ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ७८ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा १३ करोड ५ लाख मात्र नाफा कमाएको छ।

Advertisement

समीक्षा अवधिमा सबैभन्दा बढी नाफा बढाउन सफल बैंक कृषि विकास बैंक रहेको छ। सो बैंकको खुद नाफा समीक्षा अवधिमा ९७.२२ प्रतिशत बढेको छ। गत आर्थिक वर्षको पहिलो ३ महिनामा १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

रकमका आधारमा सबैभन्दा बढी नाफा कमाउने बैंक, नबिल बैंक लिमिटेड रहेको छ। यस बैंकले सो अवधिसम्ममा ४ अर्ब ६६ करोड रुपैयाँ नाफा कमाएको छ। यद्यपि यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.७६ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको थियो।

बढी नाफा कमाउने दोस्रो बैंक, ग्लोबल आइएमई बैंक रहेको छ। यस बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

यद्यपि बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.१३ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा नाफा बढाउन सफल बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, सिद्धार्थ, हिमालयन, नेपाल इन्भेष्टमेन्ट मेगा, र एभरेष्ट बैंक रहेका छन्।

यस्तो बैंकहरुको अवस्था

प्रतिक्रिया

सम्बन्धित सामाग्री