बिहीबार, २० वैशाख २०८१

नबिल बैंकले ९ महिनामा कमायो साढे ४ अर्ब बढी खुद नाफा

समयपोष्ट २०८१ वैशाख ७ गते ९:२६

Advertisement

नबिल बैंकले ९ महिनामा साढे ४ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ४ अर्ब ६६ करोड ८० लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, गत आवको चैत मसान्तसम्मको तुलनामा भने बैंकको नाफा ८.७६ प्रतिशत कमी हो । गत आवको सोही अवधिमा बैंकले ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने ३.७२ प्रतिशत बढेर १२ अर्ब ५५ करोड १३ लाख ६७ हजार रुपैयाँ कायम भएको छ । तर, नाफासँगै संचालन नाफामा पनि गिरावट देखिएको छ। समिक्षा अवधिमा बैंकको संचालन नाफा १०.७२ प्रतिशत घटेर ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ कायम भएको छ ।

तेस्रो त्रैमाससम्ममा आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँ पुगेको छ । हाल बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ३९ पैसा कायम भएको छ।

समिक्षा अवधिमा बैंकले खराब कर्जा भने घटाएको छ । गत आवको सोही अवधिमा १.९८ प्रतिशत रहेको थियो । तर, चालु आवको तेस्रो त्रैमासमा आइपुग्दा भने १.२७ प्रतिशतको बिन्दुमा झारेको छ ।

Advertisement

हाल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ छ । बैंकले जगेडा कोषमा भने २७ अर्ब ७८ करोड ६ लाख रुपैयाँ राखेको छ ।

समिक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा लगानी भने दोहोरो अंकले बढेको छ । बैंकको निक्षेप संकलन १०.९८ प्रतिशत बढेर ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ कायम भएको छ । यता, कर्जा लगानी पनि ११.३७ प्रतिशत बढेर ३ खर्ब ६८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री