शनिबार, २२ वैशाख २०८१

नेप्सेसँगै घट्यो कारोबार रकम

समयपोष्ट २०८१ वैशाख १० गते १५:३३

Advertisement

धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १५.४१ अंक घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक ०.७७ प्रतिशतले घटेर १९६९.०२ विन्दुमा बन्द भएको हो ।

आइतबारको तुलनामा कारोबार रकम पनि घटेको छ । आज दुई अर्ब पाँच करोड रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार दुई अर्ब २५ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यसदिन समूहगत परिसूचकमध्ये म्यूचुअल फन्ड समूहको परिसूचक वृद्धि भएको छ । बाँकी सबै समूहको परिसूचक घटेको छ । म्युचुअल फन्ड समूहको परिसूचक ०.०२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक घटेको छ । यो समूहको परिसूचक २.१० प्रतिशतले घटेको छ ।

आज ४९ कम्पनीको १८६ कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी १० कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा आएकामध्ये पिपुल्स पावर लिमिटेडको सेयर मूल्य ६.९१ प्रतिशतले वृद्धि भएको छ । डोल्टी पावर कम्पनी लिमिटेडको सेयर मूल्य भने ७.३७ प्रतिशतले घटेको छ । आज पनि गुर्खाज फाइनान्सको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ । यो कम्पनीको ११ करोड ५४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री