मंगलबार, २५ वैशाख २०८१

धरौटी बुझाएर छुटे दिपेश पुन

समयपोष्ट २०८१ वैशाख १४ गते १८:१०

Advertisement

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन शुक्रबार धरौटीमा रिहा भएका छन् ।

जिल्ला अदालत, रुपन्देहीमा ४ लाख रुपैयाँ धरौटी बुझाएपछि पुन आज रिहा भएका हुन् ।

पुनलाई वैशाख ७ गते रुपन्देही जिल्ला अदालतले ४ लाख रूपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । धरौटी बुझाउन नसकेपछि उनी कारागारमै थिए । दीपेश रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका थिए ।

सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा गर्न आदेश दिएपनि सुन तस्करी प्रकरणमा समेत नाम जोडिएकोले पुन केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को निगरानीमा रहेका छन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री