ग्लोबल आइएमईका ग्राहकहरुलाई सिटी हस्पिटलमा २५ प्रतिशतसम्म छुट
समयपोष्ट
२०७५ असोज २४ गते ६:०९
ग्लोबल आइएमई बैंक र लेखनाथ सिटी हस्पिटलबीच स्वस्थ्य सेवामा छुट सम्वन्धि सम्झौता भएको छ । सम्झौता पत्रमा कास्कीस्थित लेखनाथ सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुजन रानाभाट र ग्लोबल आइएमई बैंक बेगनास शाखाका शाखा प्रबन्धक दिनेश अधिकारीले हस्ताक्षर गरे ।
उक्त सम्झौता अनुसार अब बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले सो हस्पिटलमा उपचार गराउँदा २५ प्रतिशतसम्म छुट पाउँनेछन् ।
प्रतिक्रिया