सोमबार, ५ साउन २०८२

रसुवाको गोसाइकुण्ड स्कूललाई ग्लोबल आइएमई बैंकको सहयोग

समयपोष्ट २०७५ असोज १९ गते ५:१८

ग्लोबल आइएमई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत रसुवा जिल्लाको नवकुण्ड गाउँपालिका ६ स्थित गोसाईकुण्ड माध्यमिक विद्यालयलाई पाँच थान कम्प्युटर हस्तान्तरण गरेको छ ।

रसुवा जिल्लाको शैक्षिक विकासमा सहयोग पुर्याउने उद्देश्यले बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले विद्यालयका प्रधानाध्यापक गुणराज पौडेललाई पाँच थान कम्प्युटर हस्तान्तरण गरे ।

शैक्षिक स्तरोन्नतिका साथै विद्यार्थीहरुमा कम्प्युटरमा पहुँच पुगोस भनेर बैंकले कम्प्युटरहरु सहयोग स्वरुप हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै आफ्नो सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री