आइतबार, २३ वैशाख २०८१

सेक्स भिडियो भाइरल गराइदिने धम्किले तनावमा नायिका

समयपोष्ट २०७५ असोज १५ गते ११:२५

बलिउड नायिका अलिशा खान विगतमा खिचेको एउटा सेक्स भिडियोले तनावमा छिन् । उनले यो भिडियो अरु कसैसित नभएर आफ्नै पूर्वपतिसित मिलेर बनाएकी थिइन् ।

Advertisement

अहिले यो भिडियोलाई भाइरल गराइदिने भन्दै पूर्वपति लव कपुरले उनलाई ब्याकमेलिङ गर्न थालेका छन् । यस बारेमा अलिशाले प्रहरीमा उजुरीसमेत गरेकी छन् । आफूलाई नशालु पदार्थ खुवाएर लव कपुरले सेक्स गरेको उनको दावी छ । तर, श्रीमानले श्रीमतीलाई सेक्स गर्न नशालु पदार्थ खुवाउँछ भनेर कसले पत्याउला ? यद्यपि, एसएसपी वैभव सिंहले यसमा छानविन गर्ने आदेश दिएका छन् ।

आठ वर्ष अगाडि फिल्मफेयर अवार्डका क्रममा अलिशा र लव कपुरको भेट भएको थियो । सोही भेटपछि उनीहरु नजिकिएका थिए । उनीहरुले १७ जून २०१६ मा एक मन्दिरमा बिहे गरे । उनीहरुबीच अहिले डिभोर्स भइसकेको छ । अलिशा नबाब गाजीउद्दीनको वंशज हुन् । उनले बलिउड फिल्म ‘माई हस्बेन्ड वाईफ’ र ‘डर्टी डान्सर’ मा अभिनय गरेकी छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री