संसद् विघटनविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
समयपोष्ट
२०८२ कार्तिक १२ गते १८:१९

सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
बुधबार संवैधानिक इजलासले १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै यस्तो निर्णय गरेको हो।
इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ७ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न पनि आदेश दिएको छ।
अधिवक्ता डा. प्रेमराज सिलवाल, कीर्तिनाथ शर्मा पौडेललगायतले सुशीला कार्की नेतृत्वको सरकार र प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थिए।



























प्रतिक्रिया