बुधबार, १२ कार्तिक २०८२

बालुवाटारमा त्रिपक्षीय बैठक, चुनावको वातावरण बनाउने प्रयास

समयपोष्ट २०८२ कार्तिक १२ गते १७:२३

Advertisement

चुनावको वातावरण प्रयासस्वरुप बुधबार बालुवाटारमा त्रिपक्षीय बैठक बसेको छ ।

बुधबार अपराह्नदेखि सरकार, राजनीति दल र जेनजी प्रतिनिधिबीच बैठक बसिरहेको हो ।

बैठकमा जेनजीका तर्फबाट १३ जना, राजनीतिक दलका तर्फबाट १६ जना र प्रधानमन्त्री सुशीला कार्कीसहित २ जना मन्त्री सहभागी छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलोपटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबिच संयुक्त बैठक आयोजना गरिएको जानकारी दिए ।

Advertisement

यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलहरूबिच छलफल भएको थियो । सरकारले फागुन २१ का लागि निर्वाचन तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री