शुक्रबार, १६ चैत २०८०

फूलपातीको दिन शुक्र कन्या राशिमा प्रवेश गर्दै, मेष राशि यस्ता काम गर्नबाट जोगिनुहोस्

समयपोष्ट २०७७ कार्तिक ५ गते १५:०१

Advertisement

फूलपातीको दिन कला, सौन्दर्य र भौतिक सुखका कारक शुक्र कन्या राशिमा प्रवेश गर्दैछ। कन्या राशिमा शुक्रलाई नीच मानिन्छ। शुक्र ग्रहको राशि परिवर्तनले सबै १२ वटै राशिमा प्रभाव पार्नेछ।

हेर्नुहोस् कुन राशीलाई कस्तो फल मिल्छ ?

मेष राशि

शत्रु तपाईं माथि हावी रहन सक्छन्। अवैधानिक गतिविधिबाट टाढा रहनुहोस् अन्यथा फस्न सक्नुहुन्छ। काम परिवर्तनको लागि समय सही छैन। यदि तपाईंले आफ्नो खर्च नियन्त्रण गर्नुभयो भने कोष बढ्नेछ।

वृष राशि

शिक्षाको क्षेत्रमा सफलताको सम्भावना धेरै छ। प्रेम जीवनमा आनन्दको अनुभूति हुनेछ। कार्यक्षेत्रमा नयाँ अवसरहरू पाउनुहुनेछ र धेरै ऊर्जावान महसुस गर्नुहुनेछ। सन्तान पक्षबाट लाभ मिल्ने सम्भावना छ।

मिथुन राशि

सुखमा वृद्धि हुनेछ। यस अवधिमा, तपाईं गाडी वा नयाँ सम्पत्ती आदि खरीद गर्न सक्नुहुन्छ। आमाबाट विशेष लाभ मिल्नेछ र तपाईंको सम्पत्ति बढ्नेछ।

कर्कट राशि

भाइबहिनीहरूसँगको सम्बन्ध सुधार हुनेछ, साथै उनीहरुबाट साथ सहयोग पनि प्राप्त हुनेछ। तपाईंको साहस तथा पराक्रम बढ्नेछ। आफ्नो प्रयासका साथ सफलता प्राप्त गर्न सफल हुनुहुनेछ। आमाको स्वास्थ्यको विशेष ख्याल राख्नुहोस्।

सिंह राशि

तपाईं पैसा बचत गर्न सक्षम हुनुहुनेछ। यस समयमा व्यवसायबाट शुभ परिणामहरू प्राप्त हुनेछ र साझेदारीमा लाभ हुनेछ। पारिवारिक व्यवसायमा विस्तार हुनेछ। आयका स्रोत बढ्नेछन्।

कन्या राशि

कार्यक्षेत्रमा धेरै सकारात्मक महसुस गर्नुहुनेछ र आशावादी हुनुहुनेछ। तपाईंको कामबाट अन्य मानिस प्रभावित हुनेछन् र तपाईं प्रति आकर्षित हुनेछन्। बुबाबाट साथ सहयोग मिल्नेछ।

तुला राशि

तपाईं विदेश यात्राको इच्छा पूरा हुनेछ। विदेशी स्रोतबाट पनि राम्रो व्यापार हुनेछ। नयाँ कार्य तथा महत्वपूर्ण योजना बनाउनको लागे यो समय तपाईंको लागि अत्यन्त शुभ रहनेछ।

वृश्चिक राशि

तपाईंको आयमा वृद्धि हुनेछ र पैसा सम्बन्धित समस्याहरूको अन्त्य हुनेछ। कार्यक्षेत्रमा अनुकूल परिणाम प्राप्त हुनेछ। साथीहरूसँग आनन्दमय समय बित्नेछ। र उनीहरूको मद्दतले धेरै परियोजनाहरू पूरा हुनेछन्।

धनु राशि

कार्यक्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। तपाईंको शत्रुहरू यस समयमा सक्रिय हुनेछन् र तपाईंलाई हानि पुर्याउन सक्दछन्। बुबासँग केहि मदभेद हुनसक्छ, सजग रहनुहोला।

मकर राशि

भाग्यवृद्धिको योग रहेको छ। व्यापारिक यात्राको योग बन्नेछ जसबाट लाभ मिल्ने सम्भावना छ। बुबासँगको सम्बन्धमा सुधार आउनेछ। कुनै पनि धार्मिक यात्रामा जान सक्नुहुन्छ, यसले तपाईंलाई मानसिक शान्ति दिन्छ।

कुम्भ राशि

यस समयमा तपाईंले धेरै उतार चढावहरू सामना गर्नुपर्नेछ। परिवारको साथ तपाईंको स्वास्थ्यको पूर्ण ध्यान राख्नुहोस्। कार्यक्षेत्रमा सकारात्मक वातवरण रहनेछ।

मीन राशि

यस समयमा, कार्यक्षेत्रमा केही चुनौतीहरूको सामना गर्नु पर्नेछ। साझेदारीमा गरिएको व्यवसायमा विवाद हुनसक्छ। वैवाहिक जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री