शुक्रबार, १४ वैशाख २०८१

बैंक अफ काठमाण्डूको डिजिटल दक्षिणा योजनामा ३ सयसम्म नगद उपहार, यसरी सहभागि बन्नुहोस्

समयपोष्ट २०७७ कार्तिक ५ गते १३:२७

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले नगद उपहार सहितको “तिनमा तिन सय” डिजिटल दक्षिणा योजना सञ्चालनमा ल्याएको छ ।

उत्त योजना अन्र्तगत बैंकका ग्राहकरुले तिन पटक भिन्न भिन्न ब्यक्तिलाई बैंकको मोबाईल बैंकिङ्ग प्रयोग गरी दक्षिणा प्रदान गर्दा रु. १००० वा सो भन्दा बढि भएमा रु. ३०० नगद उपहार प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस योजनामा सहभागी हुनको लागि ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्गको प्रयोग गरी कम्तिमा ३ पटक रकमान्तर गर्नुपर्नेछ । रकमान्तर गर्दा दक्षिणा प्राप्त गर्ने ब्यक्ति फरक फरक हुनुपर्नेछ ।

उक्त दक्षिणा प्रदान गर्दा ग्राहकहरुले ३ कारोबार गर्दा रु. १,००० वा सो भन्दा बढी हुनुपर्नेछ । दक्षिणा दिदा बैंकको मोबाइल बैंकिङ्गमा भएको FonePay मार्फत आफ्नै बैंक तथा अन्य बैंकमा भएको खातामा दक्षिणा स्वरुप रकमान्तर गर्नुपर्ने छ । दक्षिणा कारोबारको विबरणमा “DAKSHINA” राख्नु पर्नेछ । यो योजनामा सहभागी हुन विजया दशमीको दिनबाट रकमान्तर गर्नुपर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री