बिहीबार, ६ वैशाख २०८१

कोरोना भाइरसको लक्षण नदेखिनु झन् खतरा

समयपोष्ट २०७७ कार्तिक १ गते २०:४१

Advertisement

कोरोनाभाइरस संक्रमण हुँदा सबैलाई लक्षण देखिदैन ।

झन्डै ४० प्रतिशत मानिसमा लक्षणनै नदेखिने विभिन्न अध्यनले देखाएको छ ।
कोरोना संक्रमण भए पनि कतिलाई ज्वरो आउँदैन, खोकी लाग्दैन, सास फेर्न गाह्रो हुँदैन। तर यस्ता बिरामीले आफूलाई कोरोनाले केही गरेको छैन भनेर सोच्नु गलत हुने विज्ञले चेतावनी दिएका छन्।

किनकि कोरोना संक्रमण भएका तर लक्षण नदेखिएका मानिसमध्ये धेरैको फोक्सोमा क्षति पुगेको अध्ययनबाट पत्ता लागेकाे छ। क्यालिफोर्नियास्थित स्क्रिप्स ट्रान्सलेसनल रिसर्च इन्स्टिच्युटका अनुसार लक्षण नदेखिएका संक्रमित व्यक्तिको फोक्सो परीक्षण गर्दा बादलजस्ता सेता प्याच देखापरेका हुन्। यसलाई चिकित्सकीय भाषामा ‘ग्राउन्ड ग्लास ओपासिटी’ भनिन्छ।

लक्षण नदेखिएका संक्रमितमा गरिएका चारवटा अध्ययनले आधाभन्दा धेरैको फोक्सोमा यस्तो देखाएकाे अनुसन्धातकर्ताले बताएका छन्। डायमन्ड प्रिन्सेस पानीजहाजमा यात्रा गरेका ७ सय १२ जनालाई कोरोना संक्रमण भएको थियो। जसमध्ये ३ सय ३१ जनालाई कुनै लक्षण देखिएका थिएनन्। तीमध्ये ७६ जनाको फोक्सो परीक्षण गर्दा आधाभन्दा धेरै जनाको फोक्सोमा क्षति भएको पाइएको अनुसन्धानकर्ताले बताएका छन्। फ्लोरिडा इन्टरनेसनल युनिभर्सिटीका प्राध्यापक डा. एलिन मार्टी भन्छिन्- कुनै लक्षण नभएका ६७ प्रतिशत संंक्रमितको फोक्सो सिटी स्क्यान गर्दा क्षति भएकाे पाइयाे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री