बिहीबार, १५ चैत २०८०

सिटिजन्स बैंकका ग्राहकलाई मोबाइलबाटै मोबाइल बैंकिङ पिन रिसेट गर्न सक्ने सुबिधा

समयपोष्ट २०७७ असोज २८ गते २०:३२

Advertisement

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले बैंकमा नगइकन मोबाइल बैंकिङको पिन रिसेट गर्ने सुबिधाको सुरुवात गरेको छ ।

यो सुविधासँगै बैंकका ग्राहकले अब मोबाइल बैंकिङको पिन नम्बर बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिइरहनु नपर्ने भएको हो ।

हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ सेवा प्रदान गनैं र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पु-याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको जनाएको छ ।

साथै कोभिड १९ को त्रास अझैँ पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै बैंकले बचत खाता संचालन गर्दै आएका ग्राहकलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री