
अशोक खनाल
अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा न. १४ को विभिन्न भु भागमा लगाइएको धानखेती द्ढुवा खालको मरुवा रोगबाट पुर्ण रुपमा नोक्सानी भएको छ ।
वडाका बठेनी, पार्बा , खोरमारा, बिक्रम शुखौरा, ढाबा गल्दी लगायत का क्षेत्रमा लगाइएको २०० रोपनी को करिब ६०० मुरि धानखेती पुर्ण रुपमा नोक्सानी भएको हो ।
यस अघि यस क्षेत्रका किसानहरुको मकै खेतीमा समेत सलहले नोक्सानी पारेको थियो । कोरोना संक्रमण निरनतर बढ्नु, बाढी – पहिरोको प्रकोप, सलह किराको कारण मकै खेतीमा भएको नोक्सानी र धान खेतिमा भएको नोक्सानीले यहाँका किसान निकै चिन्चित बनेका छन्।

यस्ता किसिमका प्रकोप तथा सरुवा रोगको कारण, यसको रोगथामको लागि पालिकासग समन्वय गरि रहेको वडा अध्यक्ष दामोदर न्यौपानेले जानकारी दिए ।





प्रतिक्रिया