
पछिल्लो २४ घण्टामा कोरोनाभाइसबाट थप १९ जनाको मृत्यु भएको छ ।
यसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५४ पुगेको छ। यसैगरी पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १३ हजार ७८१ वटा पीसीआर परीक्षण गर्दा २ हजार ४४० जनामा कोरोना पुष्टि भएको हो ।
यससंगै कुल पीसीआर परीक्षण संख्या १० लाख ८८ हजार २२९ पुगेको छ भने नेपालमा कोरोना संक्रमितको कुल संख्या ८९ हजार २६३ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या २३ हजार ५०७ पुगेको छ ।
सोमबार थप एक हजार १३३ जना डिस्चार्ज भएका छन् । यससंगै कुल डिस्चार्ज हुनेको संख्या ६५ हजार २०२ पुगेको छ ।
हाल क्वारेन्टाईनमा ४ हजार ३९ जना छन् भने होम आईसोलेसनमा १२ हजार ३१६ जना संक्रमित छन् ।
हाल संस्थागत आईसोलेसनान ११ हजार १९१ जना संक्रमित छन् ।








प्रतिक्रिया