बिहीबार, १५ चैत २०८०

एमाले र माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति, एमालेलाई २१, माओवादीलाई १६ क्षेत्र

समयपोष्ट २०७४ कार्तिक ३ गते ८:५९

आगामी मंसिर १० गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि  नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच सिट बाँडफाँडमा सहमति जुटेको छ । सहमतिअनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्ला ३७ निर्वाचन क्षेत्रमा सिट बाँडफाँट टुंगो लगाएका हुन्। जसमा एमालेले २१ र माओवादीले १६ क्षेत्र पाएका छन् ।

Advertisement

एमालेको भागमा ताप्लेजुङ, पाँचथर, संखुवासभा, ओखलढुंगा, खोटाङ, दोलखा, रसुवा, सिन्धुपाल्चोक–१, नुवाकोट–२, धादिङ–१ धादिङ–२, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ–१, डोल्पा, मुगु, बझाङ, बाजुरा, बैतडी, दार्चुला परेका छन्।

माओवादी केन्द्रको भागमा भोजपुर, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक–२, नुवाकोट–१, लम्जुङ, गोरखा–१ र २, बाग्लुङ–२, रोल्पा, रुकुम पूर्व पश्चिम दुबै, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोटका निर्वाचन क्षेत्रमा परेका छन्।

उम्मेद्वारी टुंगिएका जिल्लाका उम्मेद्वारलाई पत्र दिने तयारी भइरहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री