बुधबार, ५ वैशाख २०८१

नियम कानुन मिचेर स्वास्थ्य मन्त्रालयले गर्यो कनिष्ट डाक्टरलाई क्षेत्रिय निर्देशक बनाउने निर्णय

समयपोष्ट २०७४ असोज २५ गते ३:२३

स्वास्थ्य मन्त्रालयले मध्यमाञ्चल क्षेत्रिय निर्देशकमा नियम, कानुन मिचेर ११ औं तहको दरबन्दीमा ९ औं तहका कनिष्ट डाक्टरलाई पठाउने निर्णय गरेको छ । 

Advertisement

बीर अस्पतालमा सर्जन प्रमोद यादव र स्वास्थ्य राज्यमन्त्री रामसिंह यादवको बिशेष जोडबलमा निर्वाचन आचार संहिताको समेत ख्याल नगरी नियम,कानुन मिचेर कनिष्ट डाक्टरलाई क्षेत्रिय निर्देशक बनाउने निर्णय गरिएको हो ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा कार्यरत डाक्टर यादवलाई कुनै पनि प्रशासनिक अनुभव छैन । राज्यमन्त्री यादवले आफ्नै गाउँको भएको कारण डा प्रमोद यादवलाई नियम कानुन मिचेर क्षेत्रीय निर्देशक बनाउन मन्त्री गिरिराजमणी पोखरेललाई जवरजस्त माग गरेपछि उनी मन्त्रालयबाट सो निर्णय गराउन सफल भएको मन्त्रालयका एक कर्मचारीले समयपोष्टलाई जानकारी दिए । 

तर, असोज १ गते भएको मन्त्री स्तरीय निर्णय अहिलेसम्म कार्यान्वयन भएको छैन् । निर्वाचन आयोगको सहमतिका लायि उक्त निर्णय निर्वाचन आयोगमा पठाईएको छ । निर्वाचन आचार संहिता लागेपछि नियम बिधि मिचेर गरिएको उक्त सरुवाको निर्णयलाई निर्वाचन आयोगले सहमति दिने संभावना भने न्युन रहेको निर्वाचन आयोगका एक कर्मचारी बताए । 

स्वास्थ्य मन्त्रालय अन्तरगत अरु क्षेत्रिय स्वास्थ्य निर्देशनालयमा भने दरबन्दी अनुसार ११ औं तहका निर्देशकहरु कार्यरत छन । यस अघि मध्यमाञ्चल क्षेत्रीय निर्देशक रहेका डा बासुदेव पाण्डे पनि ११ औं तहकै चिकित्सक थिए । उनलाई हटाएर डा प्रमोद यादवलाई सो स्थानमा लैजान खोजिएको हो । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री