सोमबार, ५ साउन २०८२

मौद्रिक नीति : पहिलो घरका लागि ३ करोडसम्म ऋण

समयपोष्ट २०८२ असार २७ गते १३:२७


नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै घर कर्जामा लचिलो व्यवस्था र कर्जाको पहुँच विस्तार गर्ने नीति ल्याएको बताए ।गभर्नर डा. पौडेलले पहिलो घर खरिदका लागि कर्जा सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँ पुर्‍याइएको घोषणा गरे।

नयाँ नीति अनुसार, पहिलो घर खरिदमा सम्पत्तिको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिनेछ। यसअघि यो सीमा २ करोड रुपैयाँमा सीमित थियो। यस्तै, अन्य प्रयोजनका लागि लिइने घर तथा जग्गा कर्जामा सम्पत्तिको मूल्यको ७० प्रतिशतसम्म कर्जा प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ। यो नीतिले व्यक्तिगत आवास निर्माण र रियल स्टेट क्षेत्रमा चहलपहल बढ्ने अपेक्षा गरिएको छ।

मौद्रिक नीतिमा निजी क्षेत्रको कर्जा पहुँच विस्तार गर्न कुल कर्जा विस्तार लक्ष्य १२ प्रतिशत तोकिएको छ। यो अघिल्लो वर्षको १२.५ प्रतिशतको लक्ष्यभन्दा केही कम भए पनि राष्ट्र बैंकले यसलाई व्यवहारिक र यथार्थपरक लक्ष्य भएको दाबी गरेको छ।

ब्याजदरलाई थप सहज बनाउन ब्याजदर करिडोरमा परिमार्जन गरिएको छ। ३ करोड रुपैयाँसम्मको कर्जामा बैंकहरूले आधार दरमा २ प्रतिशतमात्र थप ब्याज लिन पाउने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री