सोमबार, ५ साउन २०८२

एन आई सी र वर्ल्ड लिंकबीच डिजिटल भुक्तानी सम्झौता

समयपोष्ट २०७६ कार्तिक १ गते १०:००

एन आई सी एशिया बैंक र वर्ल्ड लिंक कम्युनिकेसन्स् बीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ ।

सो सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र वल्र्ड लिङ्कको तर्फबाट वर्ल्ड लिंकका प्रमुख वित्त अधिकृत संजय कुमार साहले हस्ताक्षर गरे ।

सम्झौता बमोजिम एन आई सी एशिया बैंकका ग्राहकहरुले २०७६ आश्विन ३० देखि २०७६ कात्र्तिक १६ गते (छठ पर्व) सम्म वर्ल्ड लिंकको इन्टरनेट बिल, मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०% वा अधिकतम रु ३०० सम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

साथै वर्ल्ड लिंकका ग्राहकहरुले कुनै पनि बैंकको मोबाइल बैकिङ्ग र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरुबाट इन्टरनेटको बिल सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री