बिहीबार, ६ वैशाख २०८१

ग्लोबल आइएमई बैंकको दुई नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ असोज १५ गते १६:३१

Advertisement

ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि दुईवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले लमजुङ्ग जिल्लाको बेशीशहर नगरपालिका वडा नं. १, उदीपुर र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका वडा नं १, नवलपुर मा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ दुईवटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४८ पुगेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले बैंकले हाल १४८ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि÷सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री