मंगलबार, १ जेठ २०८१

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको फण्ड ट्रान्सफरमा मोवाइल फोन हातमा अफर सार्वजनिक

समयपोष्ट २०८० भदौ १५ गते १६:००

Advertisement

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आइ पि एससंगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि “फण्ड ट्रान्सफर मा मोवाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ ।

सो अफर अन्तर्गत दुई जना भाग्यशाली मोवाइल बैकिङ्गको प्रयोगकर्ताले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको मोबाइल बैकिङ्ग एपबाट कनेक्ट आइ पि एसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्ने बैंकले जनाएको छ ।

सो अफर २०८०, भाद्र १५ गते देखि असोज १४ गतेसम्म लागु हुनेछ । मोवाइल बैकिङ्ग एपमा उपलब्ध कनेक्ट आइ पि एसलाई छनोट गरी फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा विजेता घोषणा गरिनेछ । सोको जानकारी शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर गर्नका निम्ती आफ्नो मोवाइल बैंकिङ्ग एपमा लग–इन गरी, सेण्ड मनिमा क्लिक गरी फण्ड ट्रान्सफर गर्न कनेक्ट आइ पि एसलाई छनोट गर्नुपर्ने हुन्छ । मोबाइल बैंकिङ्गबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइ पि एस न्यूनतम शूल्क लाग्ने सजिलो माध्यम हो । फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास गरिएको छ । कनेक्ट आइ पि एसको फण्ड ट्रान्सफरको विकल्प ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाको मोवाइल बैंकिङ्गमा उपलब्ध रहेको छ भने उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्ट आइ पि एसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन । हाल मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइ पि एसमार्फत प्रति दिन रु. ३ लाख सम्मको फण्ड ट्रान्सफर गर्न सकिन्छ । कनेक्ट आइ पि एस फण्ड ट्रान्सफर तथा यसको च्यानल प्लेटफर्म एनपिएस अन्तर्गतको रिटेल पेमेन्ट स्विच मार्फत सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७९/८० मा यस च्यानलमार्फत १४.७ मिलियन भन्दा बढी भुक्तानी कारोबार फछर््यौट भइसकेको छ ।

Advertisement

शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाख भन्दा बढि मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् र बैंकले हाल ८८ वटा शाखा कार्यालय, १ वटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम नेटवर्क मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री