शुक्रबार, १४ वैशाख २०८१

प्रभु बैंकका ग्राहकले पोखराको पश्चिमाञ्चल डाइग्नोस्टिकमा छुट पाउने

समयपोष्ट २०७९ असोज ६ गते १७:५५

Advertisement

प्रभु बैंक र पोखरास्थित पश्चिमाञ्चल डाइग्नोस्टिक एण्ड रिसर्च सेन्टरबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।

कका तर्फबाट हरिचोक शाखा कार्यालय प्रमुख श्रीमती सुनीता गुरुङ र पश्चिमाञ्चल डाइग्नोस्टिकका तर्फबाट प्रबन्ध निर्देशक पुरुषोत्तम सुवेदीले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन्।

बैंकमा खाता खोलेर बैंकिङ कारोबार गरिरहेका सबै ग्राहकहरुले पश्चिमाञ्चल डाइग्नोस्टिकले सञ्चालन गरिरहेको ल्याबरोटोरिज डाइग्नोस्टिक टेस्टमा २५ प्रतिशत, नर्मल एण्ड स्पेशल अल्ट्रासाउण्डमा १० प्रतिशतका साथै क्रिटोलोजी सेवामा १५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ।

सम्झौता अन्तर्गत पश्चिमाञ्चल डाइग्नोस्टिकमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा उक्त छुट पाउने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री