आइतबार, २३ वैशाख २०८१

प्रभु बैंक र डिजे लावन्जबीच आकर्षक छुट प्रदान गर्ने सम्झौता

समयपोष्ट २०७९ भदौ ३१ गते १६:५३

Advertisement

प्रभु बैंक लिमिटेड र गुर्जुधारास्थित डिजे लावन्जबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। बैंकका तर्फबाट गुर्जुधारा शाखा कार्यालय प्रमुख सुबिर घले र डिजे लावन्जका तर्फबाट प्रबन्ध निर्देशक बिरु जोशीद्वारा सम्झौतामा हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त लावन्ज बीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले डिजे लावन्जद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

सम्झौता अन्तर्गत डिजे लावन्जमा सुविधा लिन चाहनेले प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, डिजे लावन्जका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरू लाभान्वित हुनुहुनेछ भन्ने बैङ्कले विश्वास लिएको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री