शनिबार, ५ जेठ २०८१

मुक्तिनाथ विकास बैंकद्वारा ग्रीण हाइड्रोजन इन्धनको अनुसन्धानका लागि काठमाडौं विश्वविद्यालयसँग सहकार्य

समयपोष्ट २०८१ वैशाख २३ गते १४:५७

Advertisement

मुक्तिनाथ विकास बैंक लि.ले दिगो विकासमा टेवा पुग्ने उदेश्यले ग्रीण हाइड्रोजन इन्धनका अनुसन्धानको लागि काठमाडौं विश्वविधालयसँग सहकार्य गरेको छ ।

एक कार्यक्रम बीच बैंकले काठमाडौं विश्वविधालय अन्तरगत रहेको ग्रीण हाइड्रोजन ल्याबलाई अनुसन्धानका लागि आर्थिक सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र काठमाडौं विश्वविधालयका उपकुलपति डा. भोला थापा, ग्रीण हाइड्रोजन ल्याबका प्रमुख डा. बिराज सिंह थापा तथा दुबै संस्थानका अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । हाल ग्रीण हाइड्रोजन ल्याबले ग्रीण हाइड्रोजन फर थर्मल हिटका लागि अनुसन्धान गर्ने छ ।

यस सहयोगहरुबाट मुक्तिनाथ विकास बैंकले नेपालमा रहेको प्राकृतिक स्रोतको असिमित सम्भावनाहरुलाई अनुसन्धान गर्ने मौका सँगै भविष्यमा नेपालको दिगो विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री