
आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षाका लागि झन्डै तीन लाख सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको छ।
गृह मन्त्रालयले गत आइतबार निर्वाचन विशेष सुरक्षा योजना पारित गरेसँगै निर्वाचन सुरक्षा तयारी अघि बढेको हो। जसअनुसार बिहीबारदेखि निर्वाचन सुरक्षाका लागि आवश्यक एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु भएको छ।
बिहीबार २२ हजार ८८० जनाको दरखास्त परेको जनाइएको छ । जसमा मधेश प्रदेशमा सबभन्दा बढी आठ हजार ४१३ र सबभन्दा कम कर्णाली प्रदेशमा ५८० जनाको दरखास्त परेको छ । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। आजको गोरखापत्र दैनिकमा यो समाचार छ ।









प्रतिक्रिया