शनिबार, १५ वैशाख २०८१

कामना सेवाको ‘केएस डीजी’ डिजिटल वालेट सेवा सञ्चालनमा

समयपोष्ट २०७८ असोज ८ गते १४:५८

Advertisement

कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम इन्फोटेकको सहकार्यमा केएस डीजी (डिजिटल वालेट) सेवा सञ्चालनमा ल्याएको छ ।

विकास बैंकहरुमा यो सेवा संचालनमा ल्याउने कामना सेवा विकास पहिलो बैंक हो ।

यस सेवाको प्रयोग गरी बैंकमा खाता नभएकाहरुले पनि घरमै बसी झन्झटरहित तवरले मात्र केहि कागजातहरु अपडेट गरी ‘केएस डीजी’ वालेट खेल्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले उक्त वालेट सेवाको एक कार्यक्रमका बीच शुरु गरेका हुन् ।

डिजिटल वालेट खोल्न एपमा फेर रिड गर्न सक्ने आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरिएको पनि बैंकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री